सिन्धुपाल्चोकमा पहिरो दुईको मृत्यु २२ बेपत्ता

बाग्मती खबर
२८ भाद्र २०७७, आईतवार १०:०२

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता भएका छन् । नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको मृत्यु र १६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्त प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । पहिरोमा पुरिएका मध्य ६० वर्षीया भक्तिमया श्रेष्ठको शव भेटिएको र १६ जना अझै बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो । यस्तै सिन्धुपाल्चोककै भीरखर्कमा पहिरोमा परी बेपत्ता भएकामध्य २२ वर्षीया जुनु विकको शव भेटिएको छ भने ६ जना अझै बेपत्ता छन् ।
पहिरोग्रस्त क्षेत्रमा स्थानीय र प्रहरी उद्धारमा खटिएको जनाइएको छ ।
घटनाको विस्तृत विवरण भने अझै आइनसकेको जनाइएको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा तथा वाग्मती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल त्यसतर्फ जानुभएको बताइएको छ ।