स्वाथ्य समाग्री खरिदको छानविन गरिने छ – मन्त्री दुलाल

बाग्मती खबर
२९ भाद्र २०७७, सोमबार ११:२७

हेटौडा – सामाजिक विकास मन्त्री युवराज दुलालले बाग्मती प्रदेश सरकारले कोरोनाको लागि औषधी तथा स्वाथ्य सामाग्री खरिद गर्ने क्रममा कर्मचारीको मिलेमतोमा भएको अनियमितता छानविन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
बाग्मती खवर संग कुरा गर्दे मन्त्री दुलालले कर्मचारीवाट कुनै कमी कमजोरी भएको भए, मिलेमतो भएको पाइए कारवाही गरिने वताउनु भएको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको अन्र्तगत रहेको स्वाथ्य आपुर्ति व्यवस्थापन केन्द्रले कोरोना परीक्षण तथा आइसीयु संचालनको लागि खरिद गर्न लागेको पिसिआर मेसिन तथा मोवाइल एक्स्रे मेसिन खरिद गर्ने क्रममा मिलेमतोमा काम दिन लागेको विषयमा बाग्मती खवरले समाचार प्रकाशन गरेपछि मन्त्री दुलालले छानविन गर्ने वताउनु भएको हो । आफुले मसिनो गरि अध्ययन गरि सकेको तथा पुन छानविन गर्ने तयारी गरेको छु मन्त्री दुलालले भन्नु भयो ।
व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीको मिलेमतोमा टेन्डरमा सवभन्दा कम मुल्यमा सामान दिन कवुल गर्ने कम्पनीले टेन्डर पाउनु पर्ने भएपनि सवभन्दा वढी रकम कवुल गर्ने कम्पनीलाइ टेन्डर सदर गराइ राज्यको ठुलो रकम अनियमितता गरेका छन् ।
नियमानुसार सवैभन्दा कम एक करोड ९३ लाख कवुल गर्ने वायो मिड इन्टरनेशनलले टेन्डर पाउनुपर्ने भएपनि रकमको चलखेलमा वढी रकम कवुल गर्ने कम्पनीलाइ २ करोड १३ लाखमा स्वीकृतको तयारी गरेपछि समाचार वाहिरिएको थियो । यस विषयमा कार्यालय प्रमुख अधिकारीले भने स्पेसिफिकेसन नमिलेको कारण कम रकम कवुल गर्ने कम्पनीलाइ टेन्डर दिन नसकिएको वताएका छन् । तर प्रतिस्पर्धी कम्पनीहरुले भने कार्यालयको मिलेमतोको कारणले स्पेसिफिकेसन वनाउदानै वदमासी गरिएको आरोप लगाएका छन् ।

व्यवस्थापन केन्द्रले हेटौडा, सिन्धुली र भक्तपुर अस्पतालले पाउने गरि एक एक थान पिसिआर मेसिन गरि ४ थान पिसि आर मेसिन तथा तथा आइसियु संचालनको लागि मोवाइल एक्स्रे खरिदको तयारी गरेको हो ।