राष्ट्रिय झण्डा जलाउने ग्याल्जेनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

बाग्मती खबर
२९ भाद्र २०७७, सोमबार २१:११

राष्ट्रिय झण्डा जलाउने र भिडियो बनाएर सामाजिक सञ्चालमा पोष्टगर्ने मकवानपुरका ग्याल्जेन दोर्जे तामाङलाई काठमाण्डौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । पक्राउ परेका ९ जना मध्ये ८ जना भने तारेखमा रिहा भएका छन्  । मंगोल हब नामको युट्युव च्यानलबाट भदौ १ गते सार्वजनिक भएको भिडियोको चौतर्फि विरोध भएपछि ग्याल्जेनसहित ९ जनालाई पक्राउ गरिएको थियो । उनिसँगै पक्राउ परेका चालकमान दोङ, सञ्जय तामाङ र सन्जिवकुमार घिसिङ जनही रु १५ हजार धरौटी बुझाएर थुनामुक्त भएकाछन् भने लबाङमाया तामाङ, मिमबहादुर बोम्जन, कमलबहादुर तामाङ, अरुण थामी र सन्तबहादुर योञ्जन साधारण तारेखमा रिहा भएका छन् ।