वाग्मती प्रदेशले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि ३ करोड दिने

बाग्मती खबर
३१ भाद्र २०७७, बुधबार २०:३७

वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुश सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष२०७७/०७८ का लागि अनुदान रकम दिन लागेको हो ।
कोभिड १९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरिरहेको भन्दै काम सुचारु गर्न सहज होस भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।
यसैगरी गरि बुधबार नै बसेको मन्त्री परिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र संचालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पुर्वाधार बिकास साझेदारी नियमावलीको दोस्रो संसोधन स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताउनुभयो ।