एकसय ४ किलो लागू औषध गाँजासहित तीनजना पक्राउ

बाग्मती खबर
६ आश्विन २०७७, मंगलवार १३:३२

मकवानपुर – मकवानपुर प्रहरीले एकसय ४ किलो लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेका चारैजनालाई प्रहरीले पत्रकार सम्मेलनगरी आज सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा बिहान तीन बजे प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी सहायक निरीक्षक हिरालाल श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नंम्बर ६ स्थित लोथर खोलाको बगरको बाटोमा गाँजासहित मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका ९ बस्ने वर्ष २६ को कपिल भन्ने रुप खड्का ठकुरी, सोहीठाउँ बस्ने वर्ष ३० को टलक बहादुर घलान र राक्सिराङ गाउँपालिका ४ बस्ने वर्ष २७ को मदन कोईरालालाई पक्राउ गरेको हो ।
उनीहरुले प्लास्टिकको बोराको भारी बनाई बोकी ल्याएको भारी चेकजाँच गर्दा लागु औषध गाँजा १०४ किलो फेला परेको हुँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।