गवारोले धान सखाप पारेपछि बकैयाका किसान चिन्तित

बाग्मती खबर
२२ आश्विन २०७७, बिहीबार १७:१७

मकवानपुर – गवाराले धान सखाप पारेपछि मकवानपुरको बकैया गाउँपालिका क्षेत्रका किसानहरु चिन्तित बनेकाछन् । किसानहरुले लगाएको धानबालीमा बाला निस्किसकेपछि बालामा सेतो फुस्रो देखिने र बालासँगै धानको बोटनै मर्ने समस्याले धानबाली सखाप पारेको स्थानीय किसान ईश्वर बस्नेतले जानकारी दिनुभयो । गवाराले स्थानीय एकसय किसान परिवारको धानबालीमा क्षति पुर्याएको उहाँले बताउनुभयो । धान पसाउदा बाला राम्रो देखिने तर भोलिपल्टै बाला सेतो हुने र बोटनै मर्ने समस्या रहेको उहाँले जानकारी दिनुभयो ।
बकैया गाउँपालिका वडा नम्बर ७ र अन्य केही क्षेत्रमा समेत गवाराको समस्या देखिएको र पालिकाले त्यसको नियन्त्रणका लागि कदम चालिसकेको बकैया गाउँपालिकाका कृषि प्रविधिक शिबराज पौडेल बताउनुहुन्छ । धान पसाउनुभन्दा अगाडि नै उपचारगर्न पाएको भए गवाराले पार्ने असरलाई न्युनीकरण गर्न सकिनेमा पसाएपछिको अवस्थामा उपचार प्रभावकारी नहुने उहाँको भनाई छ । किसानले धानबालीको नियमित अवलोकन र निरीक्षण गर्नुपर्ने भन्दै प्राविधिक पौडेलले केही समस्या देखिए तत्काल कृषि प्राविधकलाई सम्पर्क गर्न अनुरोध गर्नुभयो । धान नपसाएका किसानहरुले आफ्नो धानबालीमा गभराको आक्रमण भएनभएको एकिन गर्न उहाँले आग्रह गर्नुभयो ।

गभराले मकवानपुरे लगायतका स्थानीय जातका धानलाई भन्दा विकासे धानहरुलाई बढी असर गरेको किसानहरु बताउछन् ।
गतवर्ष मकवानपुरको बकैया लगायतका क्षेत्रहरुमा अमेरिकी फौजीकिराको आक्रमणका कारण धानबाली सखाप पारेको थियो । रोग नलाग्दा मुरीकामुरी धान बेच्ने किसानहरुले समेत उक्तवर्ष धान बेच्न नपाएको स्थानीय यादव तिमल्सिना बताउनुहुन्छ । “गवाराका कारण यो वर्षपनि पोहोरको जस्तै हुने भयो उहाँले” चिन्ता व्यक्त गर्नुभयो ।