आजै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री ओलीको, तयारी विष्णु पौडेल अर्थमन्त्री हुने

बाग्मती खबर
२८ आश्विन २०७७, बुधबार १७:१६

काठमाण्डौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्नुहुने भएको छ । स्रोतका अनुसार उहाले आजै साँझसम्म तीन जना मन्त्री नियुक्त गर्ने तयारी भएको छ ।
ओलीले विष्णु पौडेललाई अर्थमन्त्री बनाउने पक्का भएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय बाहेक सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री पनि नियुक्त गर्न लाग्नु भएको स्रोतले जानकारी दिएको छ । आज मन्त्री हुनेहरुमा पौडेलसँगै जनार्दन शर्मा , कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठको चर्चा चलेको जनाइएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले मन्त्रीको जिम्मेवारी समेत हेरफेर गर्ने बुझिएको छ ।