कोरोना संक्रमणबाट हेटौंडाका थप एक जनाको मृत्यु

बाग्मती खबर
२९ आश्विन २०७७, बिहीबार १२:१९

हेटौंडा- कोरोना भाइरसको संक्रमणबाट हेटौंडाका थप एक जनाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका–९ प्रगतिटोल बस्ने ६६ वर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी हिजो ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि ती पुरुषलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। उपचारकै क्रममा आज बेलुका बेलुका ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।