ग्यास सिलिण्डर बिस्फोट, एकको मृत्यु, किरियापुत्री बसेको घरमा बिस्फोट हुँदा ११ जना घाइते

बाग्मती खबर
२९ आश्विन २०७७, बिहीबार १६:३५

दुई फरक स्थानमा खाना पकाउने ग्यासलिक भएर आगलागि हुँदा एकनाको मृत्यु भएको छ भने १४ जना घाइते भएकाछन । कैलालीको धनगढीमा ग्यास लिक भएर आगलागि हुँदा गम्भिर घाइते भएकी एकजनाको उपचारका क्रममा आज ज्यान गएको जनाइएको छ । दुर्घटनामा ६५ वर्षीय बिर्मा विष्टको मृत्यु भएको हो भने उनका पति र नातिनी घाइते भएको जनाइएको छ । शरीरमा आगो लागेर गम्भीर घाइते रहेकी महिलाको उपचारमा क्रममा बिहीबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका  प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभयो । धनगढीस्थित माया मेट्रो अस्पतालबाट बुधबार नै हेलिकप्टरमार्फत तीनै जनालाई काठमाडौँ लगिएको थियो । विष्टको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको  हो भने अन्य २ जनाको भने काठमाडौँमा उपचार भइरहेको छ ।

काठमाडौं १६, नयाँ बजारको किरियापुत्री बसेको एक घरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा ११ जना घाइते भएका छन्  । भुइँ तलाको भर्‍याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र विस्फोट हुँदा ठूलो क्षति भएको हो । दुर्घटनामा गम्भीर घाइते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । विस्फोटले झ्यालका सीसा फुट्नुका साथै भित्ता नै भत्किएकाले धेरैलाई चोट लागेको बताइएको छ ।