थप ३ हजार ७४९ जनामा कोरोना  संक्रमण पुष्टि , ३ हजार ५६४ जना संक्रमणमुक्त

बाग्मती खबर
२९ आश्विन २०७७, बिहीबार १६:४४

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् ।

देशभरका प्रयोगशालामा भएको १६ हजार ५९८ नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।  काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।