कमल थापालाई कोरोना संक्रमण

बाग्मती खबर
२९ आश्विन २०७७, बिहीबार २०:२१

हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । टाउको दुखेपछि कोरोना परीक्षण गराउनुभएका अध्यक्ष थापालाई कोरोना संक्रमण पुष्टि भएको हो । थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

होम आइसोलेशनमा रहनुभएका थापाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गर्नुभएको छ ।