देशमा थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि

बाग्मती खबर
३० आश्विन २०७७, शुक्रबार १७:५२

काठमाडौँ –  पछिल्लो २४ घण्टामा देशमा थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३ हजार ५२२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८८ हजार ८० जना उपचारपछि डिस्चार्ज भएका छन् ।