कैलालीमा असई गोविन्द विकसँगै जवान साउँदको पनि हत्या भएको अनुसन्धानबाट खुल्यो

बाग्मती खबर
४ कार्तिक २०७७, मंगलवार १०:४५

कैलाली- कैलालीको धनगढी १२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको पनि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले पक्राउ गरेका मध्येका एकजनाले जवानलाई समेत हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा क्रममा प्रहरीले १५ जनाभन्दा बढीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जना घटनामा संग्लन भएको प्रहरीको दाबी छ । घटनामा संग्लन रहेका एकजनाले प्रहरीलाई “हामीले नेपालबाट सामान भारत तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरे । अवरोध गरेपछि सुरुमा प्रहरी जवान साउँदमाथी आक्रमण ग¥यौँ । घेरा हालेर असईमाथि आक्रमण ग¥यौँ । सुरुमा जवानको हत्या ग¥यौँ । उनलाई पनि मोहना नदीमा फाल्यौं । त्यसपछि असईको पनि हत्या गरेर मोहनामै फालेका हौं ।” नभनेको अनुसन्धानमा संलग्न एकजना प्रहरीले बताएकाछन् ।
घटनास्थलमा साउँदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो । विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो । प्रहरीले सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी गर्दै आएको थियो ।
आइतबारदेखि प्रहरी टोली र स्थानीय साउँदको खोजीमा लागेका छन् ।