राष्ट्रपति भण्डारीले गर्नुभयो ऐतिहासिक रानीपोखरीको उद्घाटन

बाग्मती खबर
५ कार्तिक २०७७, बुधबार १३:०८

राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ ।

मध्यान्ह १२ वजेको साइतमा  राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गर्नुभएको हो। सरकारले रानीपोखरीको पुनर्निर्माण मल्लकालीन शैलीमा सम्पन्न गरेको छ। राष्ट्रपति भण्डारीले यसपछि आजै दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ।