अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २४ घण्टामा ५ हजार ७४३ जनामा संक्रमण २६ को मृत्यु

बाग्मती खबर
५ कार्तिक २०७७, बुधबार १८:१२

बुधबार अहिलेसम्मकै सबैभन्दा धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ५ हजार  ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिनुभयो । एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। योसँगै हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।

त्यस्तै यस अवधिमा २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६  रहेको मन्त्रालयले जनाएको छ।

थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ।