मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

बाग्मती खबर
६ कार्तिक २०७७, बिहीबार १७:५४

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण  भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलसँगै उहाँकी धर्मपत्नी , एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीलाई समेत कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।
केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि  होम आईसोलेशनमा रहनुभएका मुख्यमन्त्री पौडेललाई आज संक्रमण पुष्टि भएको हो ।