वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ संक्रमण

बाग्मती खबर
१२ कार्तिक २०७७, बुधबार ११:२६

वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । प्रदेश प्रमुखको कार्यालय हेटौँडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर  पुग्नुभएका भएका प्रमुख प्रसाईँलाई कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

हाल घरमै आइसोलेसनमा रहनुभएका उहाँका छोरा  राजेशलाई पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।