मकवानपुरमा थप ४२ जनामा कोरोना संक्रमण

बाग्मती खबर
१३ कार्तिक २०७७, बिहीबार ०६:२३

मकवानपुर- मकवानपुरमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्तिक १३ गते संकलन गरिएका ६९ जनाको नमूना परीक्षणमा ६१ प्रतिशतलाइ संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार २३ जना पुरुष र १९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।