स्वासप्रस्वासमा समस्या भएपछि वाग्मती प्रदेशका मन्त्री लामालाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

हेटौँडा- स्वासप्रस्वासमा समस्या भएपछि वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाव दोर्जे लामालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ। कोरोना संक्रमण भएका लामालाई थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।
हेटौंडा स्थित आफ्नै सरकारी निवासमा आराम गरिरहेका मन्त्री लामालाई असहज महसुस भएपछि मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो। मन्त्री लामालाई मंसिर ५ गते कोरोना पुष्टि भएको थियो।